
काठमाडौं, २८ माघ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको बताएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका हुन् ।
कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको उनको भनाइ छ । उपमहासचिव गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गरे ।
दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भए पनि गठबन्धनलाई जोगाउनका लािग आफ्नो पार्टी उदार भएर कम मन्त्रालय लिएको स्पष्ट पारे ।















प्रतिक्रिया