४ कार्तिक २०८३, बुधबार

राजेन्द्र पाण्डेले अझै फिर्ता गरेनन् प्रदेश सरकारको गाडी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले अझै प्रदेश सरकारको गाडी प्रयोग गरिरहेको पाइएको छ ।

प्रतिनिधिसभामा शपथ लिएपछि पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको ७ दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भएपनि पाण्डेले अझै प्रदेश सरकारको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको महिन्द्रा स्कपिर्यो प्रयोग गरिरहेका छन् ।

मुख्यमन्त्रीबाट राजनीनामा दिएको करिब दुई महिना पुग्दापनि पाण्डेले कानूनविपरीत प्रदेश सरकारकै गाडी प्रयोग गरिरहेका हुन् ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को जिन्सी शाखाका अनुसार पूर्वमुख्यमन्त्री पाण्डेले अझै उक्त गाडी फिर्ता गरेका छैनन् । प्रदेशका प्रमुख सचिव मार्फत उक्त सवारी साधन फिर्ता ल्याउन पहल भइरहेको शाखाले जनाएको छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका पाण्डे गत ४ मंसिर सम्पन्न निर्वाचनमा धादिङ-१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

११ कात्तिक २०७८ मा बागमतीका मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले संघीय सांसदमा निर्वाचित भएपछी ८ पुस २०७९ मा पदबाट राजीनामा दिएका थिए ।