१ कार्तिक २०८३, शनिबार

देबेश राईको प्रेम दिवस विशेष ‘नौलो खुसी’ सार्वजनिक (भिडिओसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नजिकिदै गर्दा प्रेमिल गीतहरु पनि सार्वजनिक हुने क्रम बढ्दो छ ।

यसै क्रममा गायक, संगीतकार तथा एरेञ्जर देबेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ ।

गायिका ससिका राईको निर्देशन रहेको म्युजिक भिडियोमा देबेश र आईशा कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोमा ससिकाले देबेश र आईशाको जोडीलाई जमाउन सफल भएकी छिन् ।

गीत देबेश ससिका युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।