
काठमाडौं, २७ माघ । एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।
संगठनको आउँदो फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने २३औँ महाधिवेशनका लागि उनले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
२०६३ मा अनेरास्ववियु जनकल्याण माबी पुलाचौरबाट स्कुल कमिटी अध्यक्ष हुँदै सांगठनिक यात्रा सुरू गरेका पौडेल तीन कार्यकाल जिल्ला कमिटी सदस्य हुँदै म्याग्दीको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

२०७२ सालमा अनेरास्ववियुको २२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका पौडेल केन्द्रीय सचिवालय सदस्य हुँदै २०७८ साल असोजदेखि गण्डकी प्रदेशको अध्यक्ष रहँदै आएका छन् ।
उनले हाल गण्डकी प्रदेशमा ‘विपत्तिमा सहारा, विभेदमा विद्रोह’ म अखिल भन्ने मूल नारा लिएर संङ्गठनलाई चलायमान बनाउँदै आएका छन् । आफूसँग संगठन सञ्चालनको ज्ञान र क्षमता दुबै भएकाले केन्द्रीय पदाधिकारी पदमा आफूलाई प्रस्तुत गरेको उनको भनाइ छ ।
पौडेलको अगुवाइमा पोखरास्थित मणिपाल मेडिकल कलेजविरुद्धको आन्दोलन र तत्कालीन सरकार विरुद्धमा भएका आन्दोलनले देशभर चर्चा पाएको थियो । उनी म्याग्दी अनेरास्ववियुको इतिहासमा पहिलोपटक पदाधिकारीमा निर्वाचन लडदैछन् ।















प्रतिक्रिया