
काठमाडौं, २७ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिएर केन्द्रीय सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् ।
संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि नेता भट्टराईले सुदूरपश्चिम प्रदेशको सरकार संविधान अनुसार नै परिवर्तन भएको बताउँदै केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने बताएका हुन् ।
‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ,’ उनले भने ।
विश्वासको मत लिने क्रममा प्रदेश सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भए पनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको टिप्पणी भट्टराईको छ ।















प्रतिक्रिया