
काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लागि बैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए ।
शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लािग वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका हुन् ।
उनले नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने नभई पुराना पुस्ताबाट सिक्नुपर्ने जिकिर गरे । भट्टराईले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा व्यक्त गरे ।
उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्ने प्रणाली लागू गर्न सबै लाग्नुपर्ने बताए । लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई पूर्णता बनाएर छिट्टै मध्यम स्तरको समृद्ध मुलुकमा पुर्याउनुपर्ने उनले बताए ।















प्रतिक्रिया