
काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री शाहलाई प्रदेश प्रमुख देवराज जोशीले सपथ गराएका हुन् ।
नेकपा एमालेका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि काँग्रेसका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।















प्रतिक्रिया