५ कार्तिक २०८३, बिहिबार

खाना पकाउँदा ग्यास पड्कियो, दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasकाठमाडौं, ४ जेठ । खाना पकाउँदै गर्दा ग्यास पड्किएर चितवनमा दुई जनाको मृत्यु भएको छ ।

चित्रवन नगरपालिका ८, चनौली बजारमा खानेकुरा पकाइरहेको बेला ग्यास सिलिण्डर पड्किदा ३० बर्षिय खिमबहादुर घले र १७ वर्षीय प्रकाश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चनौलीस्थित घले कटेज रेस्टुरेण्टमा शनिबार साँझ पौने ६ बजेतिर नास्ता पकाइरहेको बेला एक्कसी ग्यास सिलिण्डर पड्केको थियो ।

ग्यास पड्किएपछि गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायब निरीक्षक भानू आचार्यले जानकारी दिनुभयो ।

ग्यास पड्किएर रेस्टुराँमा आँगो लाग्दा फ्रिज, भाँडाकुँडा र फर्निचर लगायतका सामाग्री जलेर डेढ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।