१ कार्तिक २०८३, शनिबार

अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ, विकासको बजेट छरिनुहुन्न : राष्ट्रपति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छिन् ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताएकी हुन् ।

अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याउँदै उनले भनिन्, ‘कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।’

कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । मुलुकमा विकासको बजेट छरपष्ट नभइ एकीकृत गरेर ठूला आयोजनाहरू सम्पन्न गर्दै जानुपर्नेमा उनले जोड दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सृजनाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन् ।

यस्तै उनले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा पनि जोड दिएकी छिन् ।