
काठमाडौं, २७ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।
ठाकुरले अवैधानिक लाभ लिने प्रयास गरेको पाइएपछि निलम्बन गरिएको मन्त्रालयले बताएको छ । थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिबाट ठाकुरले गैककानुनी लाभ लिने प्रयास गरेको पाइएको बताइएको छ ।
मन्त्रालयले ठाकुरलाई निलम्बन गर्दै छानबिनका लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री नियुक्त भएदेखि नै त्रिभुवन विमानस्थलको सुधारमा जोड दिइरहेका छन् ।
















प्रतिक्रिया