१ कार्तिक २०८३, आइतबार

अमेरिकी अधिकारीको नेपालमा दौडधूप: उपसहायक विदेशमन्त्री अख्तर नेपाल आउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । पछिल्लो समय नेपालमा अमेरिकी अधिकारीहरुको आवतजावत अस्वाभाविक रुपमा बाक्लिएको छ ।

केही दिनअघि मात्रै क्षेत्रीय संगठन युरोपेली संघ (ईयू) की अन्तर्राष्ट्रिय सहकार्य हेर्ने आयुक्त जुटा उर्पिलाइनेन एकदिने नेपाल भ्रमण सकेर फर्किइन्। त्यसलगत्तै फेरि अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (यूएसएआईडी) की प्रमुख समान्था पावर दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएकी छिन् ।

पावरको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपाल भ्रमण गरेकी थिइन्।

अमेरिकाबाट आएका अधिकारीहरुले प्रधानमन्त्री, मन्त्री लगायत राजनीतिक दलको शीर्ष नेताहरुसँग भेटघाट गरेर फर्किएका छन् ।

यसैबीच, अमेरिकी विदेश मन्त्रालय स्टेट डिपार्टमेन्टमा दक्षिण तथा मध्य एसिया ब्युरो हेर्ने उप–सहायकमन्त्री अफ्रिन अख्तर सोमबार नेपाल आउने भएकी हुन्।

अख्तर दुई दिने भ्रमणका लागि नेपाल आउन लागेकी हुन् । अख्तरले पनि प्रधानमन्त्री, परराष्ट्रमन्त्री र राजनीतिक दलका शीर्ष नेताहरुबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।