
काठमाडौं, २७ माघ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनमा आवद्व पार्टीका नेताहरुको सहभागीता रहेको छ । बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी छ ।
बैठकमा पार्टी सभापति रवि लामिछाने सहभागी भएका हुन् । यस्तै, प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत नेताहरु बैठकमा सहभागी छन् ।
बैठकमा सरकारलाई समर्थन गरेका जनता समाजवादी, नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरु सहभागी भएका छैनन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।















प्रतिक्रिया