५ कार्तिक २०८३, बिहिबार

हेटौडामा बस र ट्रक जुध्दा ९ जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौडा, ४ जेठ । हेटौडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ३६९७ नं को बस र नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको ना ४ ख ५७६५ नं। ट्रक हेटौँडा नारायणगढ सडकखण्डको बिजौनामा आज अपराह्न ठोक्किँदा नौजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा २७ यात्रु घाइते भएका छन् । उनीहरूको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यो समाचार तयार गर्दासम्म मृतकको सनाखत हुन सकेको छैन । रासस