५ कार्तिक २०८३, बिहिबार

झापामा वियरको बोतलले प्रहरीमाथि आक्रमण, एक प्रहरीको टाउको फुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeझापा, ४ जेठ । झापामा प्रहरीमाथि आक्रमण भएको छ । प्रहरी जवानलाई फुटेको बियरको बोतल प्रहार गर्ने पृथ्वीनगर–२ बस्ने २० बर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले आइतबार राति घरायसी विवादमा आफ्नै आमा तारा तामाङलाई खुकुरी देखाई पसलसमेत तोडफोड गरेको खबर प्राप्त हुनासाथ सिमा प्रहरी चोकी पृथ्वीनगरले उनलाई नियन्त्रणमा लिएको थियो ।

सो क्रममा तामाङले प्रहरी जवान चन्द्रनारायण चौधरीलाई फुटेको बियरको बोतलले प्रहार गर्दा घाइते भएकोले उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।