
काठमाडौं, २६ माघ । नेकपा एमालेले प्रदेश १ को इञ्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले गौतमलाई इञ्चार्जको जिम्मेवारी तोकेको हो ।
प्रदेश १ मा यसअघि देवराज घिमिरे इञ्चार्ज थिए । उनी प्रतिनिधि सभाको सभामुख निर्वाचित भएपछि उक्त जिम्मेवारी रिक्त थियो ।
यस्तै, बैठकले घनश्याम भुसालले एमाले परित्याग गरेर रिक्त रहेको जिम्मेवारी स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई, बालककृष्ण ढुंगेलको निधनका कारण रिक्त जिम्मेवारी पोलिटव्युरो सदस्य पार्वत गुरूलाई र रामचनन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएर रिक्त रहेको जिम्मेवारी केन्द्रीय सदस्य शीला यादवलाई तोकेको छ ।















प्रतिक्रिया