१ कार्तिक २०८३, शनिबार

मुलुकलाई समाजवादतर्फ लैजाने हो भने एमालेको नेतृत्वमा ध्रूवीकरण अपरिहार्य छ : शंकर पोखरेल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाज परिवर्तनका लागि नीतिका आधारमा राजनीतिक ध्रूवीकरण अनिवार्य रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागद्वारा कार्यकर्ताहरूका लागि सञ्चालित स्कुलमा ‘मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिँदै उनले मुुलुकलाई समाजवादतर्फ लैजान एमालेको नेतृत्वमा ध्रूवीकरण अपरिहार्य रहेको बताएका हुन् ।

मुलुकलाई पूँजीवादतर्फ लैजान नेपाली काँग्रेसको नेतृत्व र समाजवादतर्फ लैजान राज्यसत्तामा एमालेको नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो । मुलुकमा एमाले भएको र एमालेले नै पहलकदमी लिएका कारण नै २०६२/६३ सालको राजनीतिक परिवर्तन र माओवादीको रूपान्तरण सम्भव भएको पोखरेलले जिकिर गरे ।

समाज बदल्नका लागि नेतृत्वको प्रश्न मुख्य हुने र राज्य सत्तामा नेतृत्वको निरूपण क्रान्तिबाट हुन नसक्दा निर्वाचनबाट यस प्रश्नको निरूपण गर्नुपर्ने हुँदा अहिलेको वर्ग संघर्षको केन्द्रीय प्रश्न निर्वाचन हो भन्ने कुरामा प्रस्ट हुनुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले उत्पादक शक्तिको तीव्र विकासबाट समाज बदलिने र छिटो समाजवादमा पुगिने बताउँदै त्यसका लागि शिक्षा, स्वास्थ्य, प्रविधिको पहुँच, पूँजीको उपलब्धता जस्ता विषयले महत्व राख्ने विचार व्यक्त गरे ।

महासचिव पोखरेलले नेपालको संविधानका कारण बहुमत कठिन भएको नभई वैचारिक र नीतिगत विषयमा एउटै मत राख्ने शक्ति विभाजित हुँदा निर्वाचनमा कुनै एक दलको बहुमत प्राप्त हुन नसकेको बताउँदै नीतिगत रूपमा राज्य सत्ताको नेतृत्व गर्न बहुमत जरूरी रहेको र त्यसका लागि राजनीतिक ध्रूवीकरण आवश्यक रहेकोमा जोड दिए । एकताबाट संगठनात्मक अराजकताको ब्ल्याक होलमा पसेको पार्टीलाई व्यवस्थित गर्नु जरूरी रहेको उनको भनाइ छ ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि जागरणका गीत बुलन्द बनाएको साँस्कृतिक फाँटबाट समाज बदल्ने सवालमा त्यसैगरी काम हुन नसकेको बताउँदै यसबीचमा नेकपा (एमाले) सरकारमा हुँदा धेरै असाधारण काम भएका र ती कामलाई जनतासम्म पुर्‍याउने र स्थापित गर्ने काम गर्नुपर्ने बताए ।