
काठमाडौं, २६ माघ । नेकपा एमालेका चार जना नेताले नयाँ जिम्मेवारी प्राप्त गरेका छन् ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले पार्टीका रिक्त रहेका ठाउँमा कार्यविभाजन गरी उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो ।
सचिवालय बैठकको निर्णय अनुसार पार्टीको अर्थ तथा योजना विभाग प्रमुखमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, प्रदेश–१ को इञ्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम, अपाङ्गता फाँटको इञ्चार्जमा पोलिटव्यूरो सदस्य पार्वत गुरूङ र धनुषा जिल्ला इञ्चार्जमा केन्द्रीय सदस्य शीला यादवलाई जिम्मेवारी तोकिएको छ ।
घनश्याम भुसालले एमाले परित्याग गरेर रिक्त रहेको जिम्मेवारी पाण्डेलाई, यसअघिका इञ्चार्ज रहेका देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख भएर रिक्त रहेको जिम्मेवारी गौतमलाई, बालककृष्ण ढुंगेलको निधनका कारण रिक्त जिम्मेवारी गुरूलाई र रामचनन्द्र मण्डल मधेश प्रदेशको सभामुख भएर रिक्त रहेको जिम्मेवारी यादवलाई तोकिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले मुलुकको चूनौती र समस्यालाई समाधान गर्नका लागि वर्तमान सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको छ ।















प्रतिक्रिया