१ कार्तिक २०८३, शनिबार

पार्टीको नाम र चुनाव चिह्न फेर्दै माओवादी केन्द्र (प्रस्तावसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न फेर्ने भएको छ ।

पार्टीको संरचनामा आमुल परिवर्तन ल्याउने उद्देश्यका साथ माओवादीले नाम र चुनाव चिह्न फेर्न लागेको बताइएको छ । यही माघ १२ गतेदेखि २१ गतेसम्म चलेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारे व्यापक छलफल समेत भएको छ ।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्ले पार्टीको नाम र चुनाव चिह्न फेर्ने प्रस्ताव राखेको बताइएको छ । अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्तावमार्फत अघि बढाएको उक्त प्रस्ताव पारित समेत भइसकेको बताइएको छ ।