
काठमाडौं, २६ माघ । मर्जर प्रक्रियामा रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ वार्षिक साधारण सभा आज भैरहवामा सम्पन्न भएको छ ।
सभाले कम्पनी सञ्चालक समितिले गरेको ८ दशमलव ९७ प्रतिशत बोनश वितरणको प्रस्ताव पारित गरेको छ । कम्पनी सञ्चाल समितिले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई बोनस शेयर प्रस्ताव गरेको थियो ।
बोनश शेयर वितरण गर्दा लाग्ने करवापतको रकम शेयरधनी स्वयम्ले भुक्तानी गर्नु पर्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।















प्रतिक्रिया