
काठमाडौं, २६ माघ । विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेसन भोलिदेखि काठमाडौंमा गर्दैछ ।
महाधिवेशनको सम्पूर्ण तयारी सकिएको र पार्टीका नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन भएसँगै महाधिवेशनको प्रक्रिया सुरू भएको पार्टीले जनाएको छ ।
विभिन्न आरोह अबरोह बीच गुज्रिएर पार्टीले आफ्नो पहिलो महाधिवेसन आयोजना गर्न लागेको हो । यो महाधिवेसनले पार्टीलाई नया नेतृत्व र नीतिगत स्पष्टता दिने बताइएको छ ।
पार्टीका पूर्वध्यक्ष रवीन्द्र मिश्रले राजावादी दस्तावेज ल्याएपछि विवादको भुमरीमा परेको विवेकशील साझा अहिले उनको वहिर्गमनसँगै गति लिने आशामा महाधिवेसन गर्न गहिरहेको हो ।
विवेकशील साझाको पहिलो महाधिवेसनको उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, स्वतन्त्र पार्टीका सभापती रवी लामिछाने, कांग्रेस महामन्त्री विश्वप्रकास शर्मा, चिन्तक तथा एकीकृत समाजबादिका नेता घनश्याम भुसाल, नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसाल र विवेकशील साझाका पूर्व नेता गोविन्द नारायणलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने महाधिवेशनमा निमन्त्राणा नै नदिइएको बताइएको छ । स्रोतका अनुसार राप्रपालाई निमन्त्रणा गर्दा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सहभागी हुने भएपछि उक्त पार्टीलाई निमन्त्रणा नै नदिएर लिङ्देन र मिश्रलाई महाधिवेशन प्रवेशमा रोक लगाइएको हो ।
महाधिवेसन दुई दिनसम्म काठमाडौंमा सञ्चालन हुने छ ।
पार्टीलाई गणतान्त्रिक बनाउँदै संघीयता र धर्मनिरपेक्षतालाई थप सुन्दर तथा ससक्त बनाएर आगामी दशकको उथलपुथलालाई सम्बोधन गर्न सक्ने राजनीतिक शक्तिको रुपमा विकास गर्न लागिएको नेता प्रकाश चन्द्र परियारले बताए ।















प्रतिक्रिया