१ कार्तिक २०८३, आइतबार

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने, अब आश काँग्रेस र नेकपा एसको

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने स्पष्ट पारेकी हुन् । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदैछन् । नाउपाले विश्वासको मत नदिने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार ढल्ने संभावना देखिएको छ । अब रावललाई काँग्रेस वा नेकपा एकीकृत समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको मात्रै आश छ ।

५३ सदस्यीय प्रदेश सभामा रावलले सरकार टिकाउन २७ जनाको मत पाउनुपर्छ । प्रदेशसभामा कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) को सभामुख सहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपाका १ र स्वतन्त्र सांसद १ जना छन्।

रावलले विश्वासको मत पाउनका लागि काँग्रेसको नभए नाउपाको र त्यो पनि नभए एकीकृत समाजवादी पार्टीसहित १ जना स्वतन्त्र सांसदले मत दिनुपर्ने छ ।

जसमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले पनि हालसम्म मुख्यमन्त्री रावललाई विश्वासको मत दिने सम्भावना देखिएको छैन । जसले गर्दा नाउपाले विश्वासको मत नदिएको खण्डमा सरकार ढल्ने अवस्थामा पुगेको छ ।