१ कार्तिक २०८३, आइतबार

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरी उनीलाई’ मुद्धती खाता योजना

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । ग्लोबल आइएमई बैंकले नयाँ विशेषताका साथ ‘मेरी उनीलाई’ मुद्धती खाता योजना ल्याएको छ।

हाल कायम ‘मेरी उनीलाई’ मुद्धती खातालाई परिमार्जन गरी यो योजना संचालनमा ल्याइएको बैंकले जनाएको छ। यस योजनाअन्तर्गत महिलाको नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिक रुपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले जनाएको छ।

दुई लाख रुपैयाँ न्युनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्धती खातामा आकर्षक ब्याज प्राप्त हुने बताइएको छ। यो खाता ६ महिनादेखि २ वर्षसम्मका लागि खोल्न सकिनेछ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा ५० हजार भन्दा माथिको रकम आवश्यकता अनुसार म्याद पुग्न ३ महिना अगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ।

यस खातासँगै बैंकले निक्षपकर्ताहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाख रुपैयाँसम्मको गम्भीर रोग बिमा र १ लाख रुपैयाँसम्मको औषधी उपचार बिमा उपलब्ध गराइदिनेछ।