
काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीबाट सांसद बनेका सुदूरपश्चिम प्रदेशका सातैजना सांसद अहिले काठमाडौंमा छन् ।
आज मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिन लागेका बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित पार्टीका सांदहरु काठमाडौंमा छन् ।
बुधबार नाउपाले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने निर्णय गरेपछि प्रदेश सभा बैठक नै स्थगित भएको थियो । नाउपाको निर्णयसँगै नाउपाले काठमाडौंमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको थियो । तर आज पनि नाउपाले विश्वासको मत दिने संकेत देखिएको छैन ।
अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमा सातैजना सांसदको तस्वीर राख्दै आत्मसमर्पण नगर्ने भन्दै लेखेकी छिन् । ‘हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’ उनले लेखेकी छिन् ।















प्रतिक्रिया