
काठमाडौं, २६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बिहीबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् ।
मन्त्री किराती अनुगमनका लागि बिहानै पाँच बजे विमानस्थल पुगेका थिए । मन्त्री नियुक्त भएपछि मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विशेष जोड दिँदै आएका छन् ।
मन्त्री किरातीले तेस्रो पटक विमानस्थलको निरीक्षण गरेका हुन् । विमानस्थलमा सेवाग्राहीको धेरै गुनासो आएको भन्दै मन्त्री किरातीले यसअघि जनताको आवाजलाई सम्बोधन गर्न विमानस्थललाई कडा निर्देशन दिएका थिए ।
तेस्रो पटक अनुगमनमा पुगेका मन्त्री किरातीले यो पटक भने आफू केहि सन्तुष्ट भएको बताए । ‘यो नै पूर्ण सुधार होइन । तर, क्रमिक सुधार भएको छ । यसबाट म आंशिक सन्तुष्ट छु । २४ सै घण्टा खटेर एयरपोर्टलाई सुन्दर बनाउने ब्युटिसियनहरुलाई विशेष धन्यवाद छ ।’ मन्त्री किरातीले भने ।















प्रतिक्रिया