१ कार्तिक २०८३, आइतबार

बिहीबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २६ माघ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ ।

यसैबीच बिहीबार पनि सुनको मूल्य तोलामा १ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज छापवाल सुन प्रतितोला एक लाख चार हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख चार हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैँयाले घटेको छ ।

चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ।