१ कार्तिक २०८३, आइतबार

विप्लव नेतृत्वको नेकपाले फागुन ५ र १५ गते देशभर विरोध प्रदर्शन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशभर विरोध प्रदर्शन गर्ने भएको छ ।

नेकपाले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै विरोध प्र्दर्शन गर्ने जानकारी दिएको हो ।

प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका विरुद्धमा देशव्यापी विरोध गर्न लागेको बताए ।

उनले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए।

उनले पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका विरुद्ध संघर्ष गर्ने पनि बताए।