१ कार्तिक २०८३, आइतबार

युएसआईडीकी प्रमुखले अर्थमन्त्री पौडेललाई भेटेर गरिन् एमसीसी कार्यान्वयन गर्न आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २५ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहयोग निकाय (युएसएआईडी) की प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणमा आएकी पावरले अर्थमन्त्री पौडेललाई बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमै पुगेर भेटेकी हुन् ।

मन्त्री पौडेल र सामन्थाबीच दुई देशबीचको सम्बन्ध, युएसएआईडीले नेपाललाई गर्ने सहयोग लगायतका विषयमा कुराकानी भएको थियो ।

यसैबीच सामन्थाले पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन गर्न आग्रहसमेत गरेकी बताइएको छ ।