
काठमाडौं, २४ माघ । नेपाल सरकारका चारजना सचिवको सरुवा भएको छ ।
प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ।
सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयमा पुर्याइएको छ ।
यस्तै, प्रधानमन्त्री कार्यालयका कानुनतर्फका सचिव धनराज ज्ञवाली कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएका छन् भने उक्त मन्त्रालयका कानुन सचिव उदयराज सापकोटा प्रधानमन्त्री कार्यालय पुगेका छन्।















प्रतिक्रिया