
काठमाडौं, २४ माघ । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरेका हुन्। भारतकी अपूर्ण नार्जारीले एक गोल गरिन् ।
नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेको छ ।















प्रतिक्रिया