१ कार्तिक २०८३, आइतबार

‘ऋषि धमलाकी श्रीमती हुँ’ भन्दै आइन् यी युवती (भिडिओसहित)

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । पछिल्लो समय पत्रकार ऋषि धमलाको श्रीमती हुँ भन्दै एक युवती सामाजिक सञ्जालमा छाइरहेकी छिन् । यी महिला हुन् सर्मिला वाइबा ।

यसअघि पनि बेला बेलामा धमला र सर्मिला वाइबाको बिवाह भएके चर्चा चल्ने गरेको थियो । यसैबीच, सर्मिला वाइबाले उनीहरुबीचको सम्बन्धलाई थप पुष्टि हुने खालका प्रतिक्रिया दिन थालेकी छिन् ।

वाइबाले सामाजिक सञ्जालमार्फत धमला र उनको सम्बन्धलाई जोडेर केहि संकेत गरेकी छिन् ।

उनले एक दिनअघि सामाजिक सञ्जालमा ‘ऋषि धमलालाई ११० डिग्रीको जोरो आउने अब म बनाउँछु,’ भन्दै स्टाटस लेखेकी थिइन् ।

त्यसको केहि घण्टापछि नै फेरि वाइबाले बाहिर चलेका हल्लाहरु सत्य भएको भन्दै स्टाटस् लेखेकी छिन् । ‘अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडियामा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् भनेर उनले लेखेकी छिन्,’ ।

यसैबीच उनले फेरि तेस्रो स्टाटस लेख्दै आफूसँग प्रमाण भएको र प्रमाणसहित कानुनी पाटोमा जाने भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

वाइबाका बारे ऋषि धमलाले भने मुख खोलेका छैनन।