
काठमाडौं, २४ माघ । जुम्लामा घरमा आगो लाग्दा एक बालिकाको जलेर मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका वडा नम्बर-१ स्थित लोकबहादुर भण्डारीको घरमा सोमबार राति आगलागी हुँदा उनकी छोरी १४ वर्षीया बन्दना भण्डारीको जलेर मृत्यु भएको हो ।
भण्डारीको तीन तले घरमा आगलागी भएको थियो । नेपाल प्रहरी, नेपाली सेना, दमकल र स्थानीयको सहयोगमा आगो बिहान ३ बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट घरभित्रको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।















प्रतिक्रिया