१ कार्तिक २०८३, आइतबार

मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । काठमाडौं जिल्ला अदालतले ब्युटी पेजेन्टका सञ्चालक मनोज पाण्डेलाई ७ वर्षको जेल सजाय तोकेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो ।

मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो ।

२०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो ।

मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पाण्डेविरुद्व जाहेरी परेको थियो ।

प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो।