१ कार्तिक २०८३, आइतबार

तस्बिरमा हेरौँ टर्की र सिरियामा भूकम्पको विध्वंस (तस्बिरहरु)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा सोमबार बिहानै गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी दुई देशमा ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा कम्तीमा २८४ जनाको ज्यान गएको छ भने २ हजार ३०० भन्दा बढी घाइते भएको देशका उपराष्ट्रपति फुआत ओक्तेले जानकारी दिएका छन् ।

सिरियामा कम्तिमा २३७ जनाको ज्यान गएको छ भने ६३९ जना घाइते भएका छन्, सिरियाली सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

टर्कीमा १०० वर्षभन्दा बढी समय लाग्ने सबैभन्दा शक्तिशाली भूकम्पमध्येको एक भएको बताइएको छ ।

हेरौँ भूकम्पको विध्वंस तस्बिरमा-