
काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. तोसिमा कार्कीले पार्टी सभापति रवि लामिछानेलाई साथ दिँदै आफूहरु साथमा रहेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै तोसिमाले रविलाई विचलित नहुन आग्रह गर्दै आफूहरु र जनता साथमा रहेको बताएकी हुन् ।
लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनता हुने भन्लै ईमानको न्याय एवं सुरक्षा गर्ने जिम्मा जनतालाई सुम्पिएको पनि बताएकी छिन् ।
उनले लेखेकी छिन्-‘कत्ति पनि विचलित नहुनुहोस् सभापतिज्यू, हामी साथमा छौँ । हामी सँग जनता साथमा छन् । जनतासँग गरेको एक एक वाचा भुलेका छैनौँ, भुल्नेछैनौँ । हामी जाहाँ उभिन्छौँ जनताको मुद्दाको वकालत त्यहिँ बाट गर्छौँ र गरिरहन्छौँ । लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् त्यसैले सत्य साहस निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि खुद जनतालाई नै सुम्पेका छौँ,’ ।















प्रतिक्रिया