१ कार्तिक २०८३, आइतबार

गोकुल बास्कोटा भन्छन्- रविले निष्फिक्री बोले, प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । नेकपा एमालेका सांसद एवं पोलिट्ब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमार्फत दिएका अभिव्यक्तिको समर्थन गर्दै रविले निष्फिक्री बोलेका टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले रविले निष्फिक्री भएर बोलेका बताएका हुन् । आइतबार लामिछानेले पत्रकार सम्मेलन गर्दै नेपालका मिडियाहरुप्रति कडा टिप्पणी गरेका थिए ।

बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको पनि बताएका छन् । बास्कोटाले उठेका विषयका जवाफ दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

‘रवीले निष्फिक्री बोले।प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो,’ बास्कोटाले लेखेका छन् ।