१ कार्तिक २०८३, शनिबार

प्रेस चौतारी नेपालद्वारा ६ जना पत्रकारलाई पुरस्कार वितरण, यी हुन् पुरस्कार पाउनेहरू

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रेस चौतारी नेपालले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ ।

चौतारीले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममार्फत ती पत्रकारलाई पुरस्कृत गरेको हो ।

चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट चौतारीका पूर्वअध्यक्ष समेत रहेका रुपन्देहीका डा. बालकृष्ण चापागाईं, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसी, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गरेको छ ।

यस्तै सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्ट पुरस्कृत भएका छन् । प्रेस चौतारीले आफ्नो स्थापना दिवस पारे हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

चौतारीको गत माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार रघु मैनाली संयोजक रहने गरी उपाध्यक्ष देविका घर्ती मगर र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिको सिफारिसका चौतारीले पुरस्कार वितरण गरेको हो ।

विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।