१ कार्तिक २०८३, शनिबार

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा एमालेको सचिवालय बैठक माघ २६ गते र केन्द्रीय कमिटीको पाँचौं बैठक माघ २९ र फागुन १ गते बस्ने भएको छ ।

मंसिर ४ गतेको चुनावी समीक्षा र राष्ट्रपतिको निर्वाचनको रणनीति तयार गर्न बैठक बस्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने छ । यसअघि केन्द्रीय कमिटीको चौथो बैठक गत भदौ १० र ११ गते बसेको थियो ।