१ कार्तिक २०८३, शनिबार

यी तीन जना मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका छन् ।

पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री प्रचण्डसँग भेटेर मन्त्री राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउन आज आइतबार साँझ मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।