१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबीच भेटवार्ता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

महासचिव विप्लवले आज आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग राजनीतिक भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ ।

भेटवार्तामा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।