१ कार्तिक २०८३, शनिबार

पूर्वपत्रकार लामिछानेको भण्डाफोरपछि पत्रकार अरुण बरालले के लेखे ?

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निवर्तमान गृहमन्त्री रवि लामिछानेले विभिन्न पत्रकार तथा सम्पादकहरूको नामै उच्चारण गरेर भण्डाफोर गरेसँगै नेपाली सञ्चारजगतको असलियत उदाङ्गिएको छ ।

पूर्वपत्रकार समेत रहेका लामिछानेले आज आइतबार बसुन्धारास्थित पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै विभिन्न नेता, पत्रकार तथा सम्पादकहरूको व्यवहारबारे खुलासा गरेका छन् । सोही क्रममा अनलाइन खबर डट कमका पूर्वसम्पादक समेत रहेका पत्रकार अरुण बरालको पनि केही व्यावहारिक पक्षबारे लामिछानेले तीखो टिप्पणी गरेका छन् ।

लामिछानेको टिप्पणी सार्वजनिक भएसँगै पत्रकार बरालले एउटा कविता फेसबुकमा शेयर गर्दै आफूलाई शान्त बनाउने प्रयत्न गरेका छन् । कवि शिरोमणि लेखनाथ पौड्यालको कविता ‘नैतिक दृष्टान्त’को अंशहरू साभार गर्दै उनले रवि लामिछानेलाई जवाफ फर्काउने कोसिस गरेका छन् ।

हुन त बरालको स्टाटस रविप्रति नै लक्षित हो भन्ने उल्लेख छैन । तर, रविको भण्डाफोरको केही समयपछि आएको उनको ‘फेसबुक फोस्ट’लाई संयोग नमान्ने हो भने भण्डाफोर गर्नेप्रति नै लक्षित रहेको सहजै आंकलन गर्न सकिन्छ ।

यस्तो छ बरालको पोस्ट–