
काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा मुलधारका मिडियाप्रति आक्रोश पोखेका छन् ।
आइतबार केन्द्रीय समिति बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले मिडियाप्रति आक्रोश पोखेका हुन् ।
बिना प्रमाण आफूमाथि अनेक आरोप लगाएर खेद्ने काम गरिएको भन्दै रविले कान्तिपुर, अन्नपूर्ण मिडिया लगायतसँग असन्तुष्टि पोखेका हुन् ।
कान्तिपुर मिडियाले आफूविरुद्व बिना प्रमाण अनेक आरोप लगाएको भन्दै उनले अब बिना प्रमाण आफूविरुद्व समाचार लेखे मिडिया घेर्न आउने चेतावनी दिए ।
‘प्रमाणसहित लेखे केही छैन, प्रमाण नभई लेखे मिडिया घेर्न आउँछु,’ उनले भने ।















प्रतिक्रिया