१ कार्तिक २०८३, आइतबार

सत्ता साझेदारहरूबीचको एकतालाई बचाउनुपर्छ भन्नेमा छु: प्रधानमन्त्री प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ता गठबन्धन बचाउनेमा केन्द्रीत रहेको बताएका छन् ।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेकामा आफू अझै पनि गठबन्धन जोगाउन लागिपरेको बताए ।

‘यसलाई हल गर्नेतिर नै लाग्छु। अब मेरो कोशिश त थियो राष्ट्रिय सहमति नै गरौं भनिरहेको छु भने सत्ता साझेदारहरू बीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने नै हो मेरो,’ प्रचण्डले भने ।