१ कार्तिक २०८३, आइतबार

रविको बचाउमा ओली: रविले न्याय पाएनन्, फैसलाबाट कसले न्याय पायो मैलै बुझिँन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्व सर्वोच्च अदालतको फैसलामा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सर्वोच्चको फैसला आफूले बुझ्ना नसकेको बताएका हुन् ।

‘रवि लामिछानेसँग मेरो कुनै सांगठानिक र वैचारिक सम्बन्ध छैन। नाता-सम्बन्ध पनि छैन, उहाँ मेरो पार्टीको पनि होइन तर सर्वोच्च अदालतले उहाँका विषयमा गरेको फैसला मैले बुझ्न सकेको छैन। उजुरकर्ता व्यक्तिलाई के मर्का परेछ ? के अन्याय पर्‍यो उनलाई ? यस फैसलाबाट कसले न्याय पायो भन्ने मैले बुझिनँ । कसले मर्काबाट उन्मुक्ति पायो ?’