
काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरू भएको छ ।
हिजो शनिबारदेखि राजधानीमा सुरू भएको बैठक अहिले बिहान ८ बजेबाट पुन: सुरू भएको हो ।
विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमाथि १० वटा समूह बनाई छलफल सुरु गरिएको छ ।















प्रतिक्रिया