
काठमाडौं, २२ माघ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नेपालका कांग्रेस र कम्युनिष्टबीच भिन्नता छुट्याउन नै नसकिने अवस्था बनेको बताएका छन् ।
मिलेर चुनाव लड्ने र मिलेरै सरकार चलाउने भएपछि कांग्रेस र कम्युनिष्टबीच भिन्नता नभएको उनले बताएका हुन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘कांग्रेस र कम्युनिष्ट मिलेर चुनाव लड्ने र मिलेर सरकार चलाउने भएपछि फरक के मा र कसरी छु्ट्याउने ? हुनत निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने बहुमत चुनावी भाषणमै सीमीत हुने गफ न हो ।’
नेपालमा विचार र दलीय मान्यतामा आधारित राजनीतिक प्रतिस्पर्धा नभएको बताउँदै उनले विद्यमान प्रणालीलाई ‘सहयोगात्मक बहुदलीय प्रणाली’को संज्ञा दिएका छन् ।
नेपालमा विचार र दलीय मान्यतामा आधारित राजनीतिक प्रतिष्पर्धा छैन।यो सहयोगात्मक बहुदलीय प्रणाली हो।कांग्रेस र कम्युनिष्ट मिलेर चुनाव लड्ने र मिलेर सरकार चलाउने भएपछि फरक के मा र कसरी छु्ट्याउने?हुनत निर्वाचन प्रणालीमा सुधार नगर्ने हो भने बहुमत चुनावी भाषणमै सीमीत हुने गफ न हो।
— Gokul Prasad Baskota (@GokulPBaskota) February 5, 2023















प्रतिक्रिया