५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री कोइरालाद्वारा नेपाल स्काउटको संरक्षकत्व ग्रहण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Scout members administrate the oath of office and secrecy to the PM

काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले आज बिहान एक कार्यक्रमका बीच नेपाल स्काउटको संरक्षकत्व ग्रहण गर्नुभयो । उहाँलाई नेपाल स्काउटका राष्ट्रिय आयुक्त रवीन दाहालले नेपाल स्काउटको दीक्षान्त समारोहमा नेपाल स्काउटको झन्डा स्पर्श गरार्ईसपथ गराउनुभयो ।

प्रधानमन्त्री कोइरालाले नेपाल स्काउटको पदभार ग्रहण गर्ने दीक्षान्त समारोहमा विश्व स्काउट ब्युरोका साझेदारी संयोजक मोसेस इडागू पनि उपस्थित हुनुहुन्थ्यो । युगान्डा निवासी मोसेस नेपालमा भूकम्प आएपछि उद्धार र राहतमा स्वयम्सेवक परिचालन गर्ने कार्यक्रमसहित आउनुभएको हो ।

स्काउटका प्रमुख आयुक्त दाहालले दिनुभएको जानकारीअनुसार स्काउटका स्वयम्सेवीहरु भूकम्पपीडितको उद्धार र राहतमा वैशाख १२ गतेदेखि परिचालन भएका छन् ।

स्काउटले नुवाकोट र सिन्धुपाल्चोकमा अस्थायी आवास बनाएर स्थानीयलाई हस्तान्तरण पनि गरिसकेको छ । भूकम्पपछिको उद्धार र राहत तथा पुनःस्थापना कार्यमा दुई हजार स्काउटका स्वयम्ंसेवी खटिएका उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले एकता र सहकार्यका आधारमा विपत्तिको सामना गर्न सकिने बताउनुभयो । उहाँले स्काउटको स्वयम्सेवी, परोपकारी, सहयोगी र सामूहिक भावनाले आफू निकै प्रभावित भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले उचित ज्ञान, बन्दोबस्तीका सामान, अनुभवी जनशक्तिको अभावका बीचमा पनि भूकम्पपीडितको उद्धार र राहतमा नेपालमा राम्रोसँग भएको कामको विदेशीहरुले प्रशंसा गरेका बताउनुभयो ।

उहाँले सबैको सहयोगी भावना र व्यवहारले अहिलेको विपद् पार लगाएर नेपाललाई शान्तिपूर्ण, राजनीतिक स्थायित्वयुक्त, विकसित र समृद्ध लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाउने दृढ इच्छाशक्तिमा कुनै कमी नआएको बताउनुभयो ।

प्रधानमन्त्री कोइरालाले लोकतन्त्रको आलोकमा प्रकृतिले दिएको जलस्रोतको उपयोग गर्दै कृषि, पर्यटन र जडीबुटीको विकासका माध्यमबाट नेपालको कायापलट गर्न लामो समय नलाग्ने बताउनुभयो । रासस