
काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक भोलि आइतबार बिहानसम्मका लागि स्थगित भएको छ ।
बैठकपछि पार्टीका मुख्य सचेतक सन्तोष परियारले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र आजको बैठकले कुनै निर्णय गर्न नसकेको बताए ।
बैठक भोलि बिहान साढे ११ बजे पुन: बस्ने छ ।
आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, निष्कर्षमा भने पुग्न नसकेको बताइएको छ ।
रास्वपाले यसअघि गृह मन्त्रालयनै चाहिने भन्दै त्यसका लागि दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम अहिले राति १२ बजे सकिने परिस्थितिकाबीच बसेको बैठकलाई महत्वका साथ हेरिएको थियो ।















प्रतिक्रिया