
काठमाडौं, २१ माघ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग आज साँझ शिष्टाचार भेट गरेकी छिन् ।
श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन श्रीलंका पुगेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गर्दै दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी हुन् ।
श्रीलंकका राष्ट्रपतिसँग परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायत विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छिन् ।
मन्त्री पौड्यालले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरुसँग अलग अलग भेटवार्ता पनि गरेकी छिन् ।
यसअघि उनले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेकी थिइन् । उनी भोलि स्वदेश फर्किदै छिन् ।















प्रतिक्रिया