१ कार्तिक २०८३, आइतबार

हत्या आरोपमा श्रीमान-श्रीमती पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ माघ । गुल्मीमा हत्या आरोपमा श्रीमना श्रीमती पक्राउ परेका छन् ।

भारतीय नागरिकको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका हुन् ।

माघ १२ गते उनीहरुले आलिनामको हत्या गरेका थिए । माघ १९ गते उनको शव प्रहरीले शव स्याङ्जा र गुल्मीको सिमाना कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।

उनीहरुले के कारणले आलिनामको हत्या गरे भन्ने खुल्न नसकेको तर उनीहरुले हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।