
काठमाडौं, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका प्राप्त उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका छन् ।
आदिवासी जनजाती आयोगको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त उपलब्धि रक्षा र अर्थतन्त्र लगायतमा रहेको चूनौतीहरूलाई सही बाटोमा लैजान राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका हुन् ।
उत्पीडितहरुको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिने र राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले समाजको रुपान्तरणका लागि संघर्ष र त्याग गर्नेहरुलाई नै सम्मान गर्न चुकेको भन्दै उनीहरुको नेतृत्व स्थापित र सम्मान गर्न नसके प्राप्त उपलब्धि पनि खोसिने खतरा रहने धारणा व्यक्त गरेका छन् ।
उनले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने भएकाले मुलुकको व्यवस्थालाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलिरहेको जिकिर गरे ।















प्रतिक्रिया